प्रदायकले आफ्नो मञ्जुरी प्रदान गरिएभन्दा बढी समय काम गरेको अवस्थामा के हुन्छ ?

यदि प्रदायकले OR PTC DCI मा भुक्तानी अवधिमा निश्चित सेवाग्राहीका लागि काम गर्न निजलाई मञ्जुरी प्रदान गरिएभन्दा बढी समय दाबी गर्ने प्रयास गर्छन् भने उनले मञ्जुरीमा बाँकी रहेको ब्यालेन्स त्रुटी भएको अलर्ट प्राप्त गर्नेछन् र सो इन्ट्रीलाई अस्वीकृत गरिनेछ र त्यसलाई समाधान गरेर सही तरिकाका साथै समयमै भुक्तानी गरिनका लागि प्रदायकले थप कदमहरू चाल्न आवश्यक पर्नेछ ।

इन्ट्रीहरूलाई यस त्रुटीका कारण अस्वीकृत हुनबाट कसरी रोक्ने ?

इन्ट्रीहरूलाई यसत्रुटीका कारण अस्वीकृत हुनबाट रोक्नका लागि प्रदायकले बाँकी ब्यालेन्सको ट्रयाक राख्नुपर्छ र आफ्नो बाँकी ब्यालेन्सभन्दा बढी समय दाबी गरिरहेको छैन भनेर सुनिश्चित गर्नुपर्छ । मञ्जुरी प्रदान गरिएको समयभन्दा एक मिनेट मात्र बढी हुँदा पनि नतिजास्वरूप यो त्रुटी हुनेछ । उनले रियल-टाइमका लागि क्लक इन गरिसकेपश्चात् वा आफ्नो हिस्टोरिकल इन्ट्री तयार गरिसकेपश्चात् (तल देखाइएको) आफ्नो बाँकी ब्यालेन्स हेर्न सक्छन् । उनले आफ्नो मञ्जुरी विजेट (Authorizations Widget) मार्फत वेब पोर्टलमा कुनै पनि समय आफ्नो बाँकी ब्यालेन्स हेर्न पनि सक्छन् । प्रत्येक इन्ट्री विधिका लागि पुन: बुझाउन आवश्यक पर्ने चरणहरूका लागि तल हेर्नुहोस् ।

मोबाइल एपमा मञ्जुरीमा बाँकी रहेको ब्यालेन्स त्रुटी कस्तो देखिन्छ र त्यस्लाई कसरी ठिक गर्ने ?

  1. क्लक आउटको समयमा प्रदायकले क्लक आउटलाई जारी राख्ने (Continue Clock Out) छनौट गर्नेछन्, क्लक आउट प्रमाणीकरणलाई पूरा गर्नेछन् र प्रमाणीकरण कथन (समय सही छ । झुटो जानकारी दिनु Medicaid जालसाजी हुन सक्नेछ ।) मा ठीक चिन्ह लगाउनेछन् ।
  2. Confirm Clock Out (क्लक आउट पुष्टि गर्ने) छनौट गरिसकेपश्चात्, "तपाईंको पन्चमा एक वा सोभन्दा बढी उल्लंघनहरू छन् र यसलाई सेभ गर्न सकिन्न । कृपया तलका उल्लंघनहरूको समीक्षा गर्नुहोस् र सम्पादनहरू गर्न वा इन्ट्रीलाई रद्द गर्नका लागि Cancel (रद्द गर्ने) छनौट गर्नुहोस् थियो" लेखिएको अलर्ट देखा पर्नेछ । सो अलर्टले व्यापार नियम नाम (Business Rule Name) अन्तर्गत मञ्जुरीमा बाँकी रहेको ब्यालेन्सलाई देखाउनेछ जसले तपाईं भुक्तानी अवधिका लागि मञ्जुरी प्रदान गरिएभन्दा बढी समय हुनुहुन्छ भनेर तपाईंलाई बताउँछ । त्यसको तल Cancel (रद्द गर्ने) लेखिएको बटन हुनेछ । प्रदायकले अनिवार्य रूपमा Cancel (रद्द गर्ने) छनौट गर्नुपर्छ
  3. Cancel (रद्द गर्ने) छनौट गरिसकेपश्चात्, "The entry id [insert entry id] has been rejected (इन्ट्री आइडी [insert entry id] अस्वीकृत गरिएको छ" लेखिएको दोस्रो अलर्ट देखा पर्नेछ । यस अलर्टको तल Confirm (पुष्टि गर्ने) लेखिएको बटन हुनेछ । प्रदायकले अनिवार्य रूपमा Confirm (पुष्टि गर्ने) छनौट गर्नुपर्छ
  4. पुष्टि गर्नेमा छनौट गर्दा त्यसले प्रदायकलाई आफ्नो ड्यासबोर्डमा फिर्ता लैजानेछ । त्यसपछि सो इन्ट्री अस्वीकृत स्टाटसमा हुनेछ । प्रदायकलाई यस अस्वीकृत इन्ट्रीका लागि भुक्तानी गरिने छैन । प्रदायकले अनिवार्य रूपमा आफ्नो मञ्जुरीमा प्रदान गरिएको समयभन्दा बढी नहुने प्रदायक-अन्यको कारण कोड सहितको हिस्टोरिकल समय इन्ट्री तयार गर्नुपर्छ ।

ल्याण्डलाइनमा मञ्जुरीमा बाँकी रहेको ब्यालेन्स त्रुटी कस्तो देखिन्छ र त्यस्लाई कसरी ठिक गर्ने ?

  1. क्लक आउटको समयमा प्रदायकले नियमित अवस्थामा झैं समान प्रक्रिया पालना गर्नेछन् । यसमा SSN को पछिल्लो चारवटा अङ्क प्रविष्ट गर्ने, आफ्नो PIN प्रविष्ट गर्ने र प्रमाणीकरण कथन (समय सही छ । झुटो जानकारी दिनु Medicaid जालसाजी हुन सक्नेछ ।) मा Yes (हो) छनोट गर्नेछन् ।
  2. प्रमाणीकरण कथन पुष्टि गर्न Yes (हो) का लागि 1 (एक) छनौट गरिसकेपछि प्रदायकले यो सुन्नेछन्, "यस पन्चलाई समर्थन गर्नका लागि मञ्जुरीमा पर्याप्त युनिट वा डलरहरू नभएको कारण यस पन्चलाई अस्वीकृत गरिनेछ । कृपया आफ्नो सुपरभाइजरलाई सम्पर्क गर्नुहोस् । ओरेगन प्रोभाइडर टाइम क्याप्चर सिस्टममा फोन गर्नुभएकोमा तपाईंलाई धन्यवाद छ । गुडबाइ ।" त्यसपछि सिस्टमले फोनकललाई समाप्त गर्नेछ । सो इन्ट्री अस्वीकृत स्टाटसमा हुनेछ र त्यसका लागि भुक्तानी गरिने छैन । प्रदायकले आफ्नो समय दाबी गर्नका लागि मञ्जुरीमा प्रदान गरिएको समयभन्दा बढी नहुने हिस्टोरिकल इन्ट्री तयार गर्न आवश्यक पर्नेछ ।

वेब पोर्टलमा मञ्जुरीमा बाँकी रहेको ब्यालेन्स त्रुटी कस्तो देखिन्छ र त्यस्लाई कसरी ठिक गर्ने ?

प्रविष्टित समयको सङ्ख्या बाँकी ब्यालेन्सभन्दा बढी रहने इन्ट्रीको सबै जानकारी प्रविष्ट गरिसकेपछि प्रदायकले Save (सेभ गर्ने) छनौट गर्छन् । Save (सेभ गर्ने) छनौट गरिसकेपश्चात्, "तपाईंको पन्चमा एक वा सोभन्दा बढी उल्लंघनहरू छन् र यसलाई सेभ गर्न सकिन्न । कृपया तलका उल्लंघनहरूको समीक्षा गर्नुहोस् र सम्पादनहरू गर्न वा इन्ट्रीलाई रद्द गर्नका लागि Return (फिर्ता हुने) छनौट गर्नुहोस् थियो" लेखिएको अलर्ट देखा पर्नेछ । अलर्टको मुनि व्यापार नियम उल्लंघनका नाम(हरू) सूचीमा दिइएको हुन्छ । यसले मञ्जुरीमा बाँकी रहेको ब्यालेन्स सूचिकृत गर्नेछ । Return (फिर्ता हुने) छनौट गर्दा त्यसले तपाईंलाई Add New Entry (नयाँ इन्ट्री थप्ने) स्क्रिनमा फिर्ता ल्याउनेछ जहाँ तपाईंले मञ्जुरी प्रदान गरिएको समयभित्र यो इन्ट्री गर्न क्लक इन तथा आउट समयहरू सम्पादन गर्न सक्नुहुन्छ ।

यदि यो त्रुटी रियल-टाइम इन्ट्री गर्दा देखिन्छ भने के गर्ने र यसलाई कसरी ठिक पार्ने ?

यदि प्रदायकले रियल-टाइम इन्ट्री गर्दा मञ्जुरीमा बाँकी रहेको ब्यालेन्स त्रुटी देख्छन् भने उनले आफ्नो बाँकी ब्यालेन्सभन्दा बढी नहुने प्रदायक-अन्यको कारण कोड सहितको हिस्टोरिकल समय इन्ट्री तयार गर्न आवश्यक पर्नेछ । बाँकी ब्यालेन्स भनेको उनको मञ्जुरी प्रदान गरिएको कुल समयमध्ये उनले दाबी नगरेको समयको सङ्ख्या हो । वेब पोर्टलमा यसलाई "उपलब्ध ब्यालेन्स" भनिन्छ ।

वेब पोर्टलमा उपलब्ध ब्यालेन्स पत्ता लगाउन:

  1. प्रदायकले वेब पोर्टलमा लगइन गरिसकेपछि उनी आफ्नो होम पेज वा ड्यासबोर्डमा हुनेछन् । पेजको बीचमा रहने Authorizations (मञ्जुरीहरू) हेर्न तल स्क्रोल गर्नुहोस् । यसलाई मञ्जुरी विजेट (Authorizations Widget) भनिन्छ ।
  2. Type Client Name (ग्राहकको नाम टाइप गर्नुहोस्) ठाउँमा सेवाग्राहीको नाम टाइप गर्न सुरु गर्नुहोस् । 3 वा सोभन्दा बढी क्यारेक्टर टाइप गरिसकेपश्चात् ड्रप-डाउन सूची देखिनेछ । ड्रप-डाउनबाट सेवाग्राहीको नाम छनौट गर्नुहोस् ।
  3. Date of Service (सेवाको मिति) ठाउँ छनौट गर्नुहोस् । क्यालेन्डरबाट विवादमा रहेको भुक्तानी अवधिभित्रको मिति छनौट गर्नुहोस् । उदाहरणका लागि, यदि प्रदायक वर्तमान भुक्तानी अवधिका लागि आफ्नो बाँकी ब्यालेन्स थाहा पाउन चाहन्छन् भने आजको मिति प्रविष्ट गर्नुहोस् ।
  4. Search (सर्च गर्ने) छनौट गर्नुहोस् ।
  5. यस सेवाग्राहीका लागि सबै मञ्जुरीहरू र भुक्तानी अवधि देखा पर्नेछ । Service Code (सेवा कोड) ले यो घण्टा अर्थात् समय वा माइलका लागि हो भनेर देखाउँछ ।
  6. यस अवधिका लागि Current Available Balance (हाल उपलब्ध ब्यालेन्स) Pre-Authorizations Holds (पूर्व-मञ्जुरी होल्डहरू) को दायाँतिर सूचिकृत रहन्छन् ।

मोबाइल एपमा बाँकी ब्यालेन्स थाहा पाउन:

  • Confirm Clock In (क्लक इन पुष्टि गर्ने) छनौट गर्नुभन्दा पहिले प्रदायकले निलो बटनमुनि सारांशमा घडी देख्नेछन् । यस सारांशमा ग्राहकको नाम (सेवाग्राही), सेवा कोड र बाँकी ब्यालेन्सको सूची दिइएको हुन्छ । Auth Remaining Balance (मञ्जुरीमा बाँकी रहेको ब्यालेन्स) शीर्षक भएको कुरा यस सेवाग्राहीका लागि वर्तमान भुक्तानी अवधिका लागि प्रदायकसँग बाँकी रहेको ब्यालेन्स हो ।

रियल-टाइम इन्ट्रीहरूका लागि ल्याण्डलाइनमा बाँकी ब्यालेन्स थाहा पाउन:

  • सेवाग्राही पुष्टि गरिसकेपछि, रियल-टाइम पन्च छनौट र सही सेवा कोड छनौट गरिसकेपश्चात् क्लक इनको बेला सिस्टमले वर्तमान भुक्तानी अवधिका लागि उपलब्ध समयको सङ्ख्यालाई पढेर सुनाउनेछ ।

यदि यो त्रुटी हिस्टोरिकल समय इन्ट्री गर्दा हुन्छ भने के गर्ने र यसलाई कसरी ठिक पार्ने ?

यदि प्रदायकले हिस्टोरिकल समय इन्ट्री गर्दा मञ्जुरीमा बाँकी रहेको ब्यालेन्स त्रुटी प्राप्त गर्छन् भने उनले आफ्नो बाँकी ब्यालेन्सभित्र रहनका लागि आफूले दाबी गर्ने समयको सङ्ख्यालाई सम्पादन गर्न आवश्यक पर्नेछ ।

वेब पोर्टलमा समयको आफ्नो बाँकी ब्यालेन्स पत्ता लगाउन:

  • माथि वर्णन गरिएअनुसा मञ्जुरी विजेट (Authorizations Widget) प्रयोग गर्नुहोस् ।
  • ड्यासबोर्डमा Add Entry (इन्ट्री थप्ने) छनौट र सेवाग्राहीको नाम तथा सेवा मिति प्रविष्ट गरिसकेपछि बाँकी ब्यालेन्स ठाउँ आफैं भरिनेछ । प्रदायकले यहाँ सूचिकृत गरिएकोभन्दा बढी समय दाबी गर्न सक्दैनन् । यस ठाउँलाई दायाँतिर रहेको स्क्रिनशटमा हाइलाइट गरिएको छ ।

हिस्टोरिकल ल्याण्डलाइन इन्ट्रीमा बाँकी ब्यालेन्स थाहा पाउन:

  • सेवाग्राही पुष्टि गरिसकेपछि, रियल-टाइम पन्च छनौट र सही सेवा कोड छनौट गरिसकेपश्चात् सिस्टमले भुक्तानी अवधिका लागि उपलब्ध समयको सङ्ख्यालाई पढेर सुनाउनेछ ।